२२ श्रावण २०८१, मंगलवार | Wed Aug 7 2024

नयाँ सरकारका लागि राष्ट्रपतिको आह्वान, केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्रीको नियुक्ति लिने


२८ असार, काठमाडौँ । संविधानविदहरुसँग परामर्शपछि  राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सरकार गठनका लागि आह्वान गरेका छन् ।

संसदका प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । योसँगै दुइतिहाइ सांसदको समर्थनसहित राष्ट्रपतिकोमा दाबी पेश गर्ने तयारी छ । आइतबार साँझ ओलीको प्रधानमन्त्रीको नियुक्ति लिने र सोही दिन सपथ लिने तयारी दलहरूले गरेका छन ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार २०:५४