१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

पदमुक्त भएसँगै कामचलाउ बनेका प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति निवासमा

२८ असार, काठमाडाैँ । पदमुक्त भएसँगै कामचलाउ बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति निवास पुगेका छन । संसदको विश्वास गुमाएर स्वतः पदमुक्त भएर कामचलाउ बनेका प्रधानमन्त्री अन्तिम रिपोर्टिङका लागि राष्ट्रपति निवास शितल निवास लागेका हुन । त्यसपछि उनी प्रधानमन्त्री निवास बालुवाटार फर्किनेछन ।

शुक्रबार संसदमा विश्वासको मत मागेका प्रधानमन्त्रीले जम्मा ६३ मत प्रप्त गरेका छन । प्रधानमन्त्रीको विरूद्धमा १९४ मत परेको छ । त्यस्तै १ मत तटस्थमा परेको छ। योसँगै १८ महिनापछि प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । नेपाली कांग्रेस र नेकपा एमालेले यो बीचमा विश्वासको मत दिन हानाथाप गर्नेदेखि अन्तिममा दुबै मिलेर पदमुक्त गराउनेसम्म सक्रािय भूमिका निर्वाह गरेका छन ।

संसदमा पाँचाैँ पटक विश्वासको मत मागेका प्रचण्डले संसदको विवश्वास पाउन सकेनन् । यसअघि एकै कार्यकालमा चार पटकसम्म विश्वास प्राप्त गरेका थिए । प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार १७:४०