राजनीतिक अस्थिरताले जनताको समस्या समाधान हुँदैन: सांसद केसी
२८ असार, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले १८ महिनामा पाँचौँपटक सरकार प्रमुखलाई विश्वासको मत दिने कि नदिने विषयमा छलफल भइरहनुले जनताको समस्या समाधान नहुँने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उहाँले राजनीतिक अस्थिरताले जनताको समस्या समाधान नहुँने बताउनुभएको हो ।
सांसद केसीले बाढीपीडित नागरिकको घरघर जानुपर्ने बेला सरकारमा जान हानथाप हुनु उचित नभएको बताउनुभयो । “कुनै पार्टीप्रतिको पूर्वाग्रह होइन तर लोकतन्त्र जोगाउन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता हो”, उहाँले भन्नुभयो, “हामी सत्ता समीकरणको पक्षमा पनि छैनौँ, नेपालको वामपन्थी एकैठाउँमा भए पनि भत्काउनुपर्यो ।”
सांसद केसीले संविधानका आधारभूत कुरा संसोधन गर्न नपाइने बताउनुभयो ।
प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार १७:१६