१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

प्रधानमन्त्रीले संसदको विश्वास गुमाए, प्रचण्ड पदमुक्त

२८ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद विश्वास गुमाएका छन । शुक्रबार संसदमा विश्वासको मत मागेका प्रधानमन्त्रीले जम्मा ६३ मत प्रप्त गरेका छन । योसँगै उनी प्रधानमन्त्रीबाट स्वतः पदमुक्त भएका छन ।

प्रधानमन्त्रीको विरूद्धमा १९४ मत परेको छ । त्यस्तै १ मत तटस्थमा परेको छ। योसँगै १८ महिनापछि प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । नेपाली कांग्रेस र नेकपा एमालेले यो बीचमा विश्वासको मत दिन हानाथाप गर्नेदेखि अन्तिममा दुबै मिलेर पदमुक्त गराउनेसम्म सक्रािय भूमिका निर्वाह गरेका छन । संसदमा पाँचाैँ पटक विश्वासको मत मागेका प्रचण्डले संसदको विवश्वास पाउन सकेनन् । यसअघि एकै कार्यकालमा चार पटकसम्म विश्वास प्राप्त गरेका थिए ।

प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार १७:२३