आज यी स्थानमा भारी बर्षा हुने
२८ असार, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुनी वायुको प्रभाव सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ । मनसुनी वायुको प्रभाव शुक्रबार बिहान देशभर साधारणदेखि पूर्णतया बदली रही बागमती, गण्डकी, मधेस र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो मधेश, बागमती, कोशी, र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार राति पनि देशभर बदली रही मधेश, बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र कर्णाली, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित मध्यम वर्षा र मधेश, गण्डकी, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा राति पनि भारी वर्षा हुने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार ०९:२८