२२ श्रावण २०८१, मंगलवार | Wed Aug 7 2024

६५ यात्रुसहितको दुई वटा बस पहिरोसँगै त्रिशुलीमा खस्यो, थप विवरण आउन बाँकी


२८ असार, चितवन । ६५ यात्रुसहितको दुई वटा बस पहिरोसँगै त्रिशुलीमा खसेको छ । नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुबहाक बस त्रिशुली नदीमा खसेका छन् । शुक्रबार बिहान ३ः३० बजे बजे त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ ।

लेदोसहितको पहिरोले काठमाडौँ–वीरगञ्ज र काठमाडौँ–गौर चल्ने यात्रुबहाक बस बगाएको प्रारम्भिक विवरण प्राप्त भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दैनिकीलाई जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार काठमाडौँ–वीरगञ्ज चल्ने बसमा २४ जना र काठमाडौँ–गौर चल्ने बसमा ४१ जना यात्रु सवार रहेको बुझिएको छ ।

यात्रुहरुको उद्धारका लागि चितवन प्रहरी प्रमुख भावेष रिमालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगी उद्धारको काम गरिरहेको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले बताएका छन । अहिले प्रमुख जिल्ला अधिकारी यादवसहितको टोली पनि घटनास्थलमा पुगिसकेका छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार ०६:२६