९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

यस्तो छ आजकाे विदेशी मुद्राको विनिमय दर

२६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ २ पैसा घटेर खरिददर १३३ रूपैयाँ २८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८८ पैसा कायम गरिएको छ।

त्यस्तै एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ४४ पैसा, खरिददर मूल्य २८ रुपैयाँ ३१ पैसा छ भने एक कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७१ पैसा र खरिददर मूल्य ३६ रुपैयाँ ५५ पैसा पाइन्छ ।

त्यसैगरी, अष्ट्रेलियन डलरको बिक्रीदर भाउ ९० रुपैयाँ १७ पैसा तथा खरिददर ८९ रुपैयाँ १५ पैसा तोकिएको छ भने  यूरो  बुधबार एक यूरोको १८ पैसाले घटेर बिक्रीदर मूल्य १४४ रुपैयाँ ८२ पैसा तथा खरिददर मूल्य १४४ रुपैयाँ १७ पैसा छ ।

बैंकले साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ६९ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ५३ पैसा र यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ४५ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ २९ पैसा तोकिएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार १२:१९