९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

बुधबार सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी

२६ असार, काठठमाडौँ । साताको चौथो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने १५ रूपैयाँले घटेर प्रतितोला १८ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार ११:१८