१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

रास्वपाका कार्बाहीमा परेका ढकालले पत्रकार सम्मेलन गर्दै

२६ असार, काठमाडौँ । बुधबार दिउँसो ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले पत्रकार सम्मेलन गर्ने भएका छन् । केही समयअघि ढकालले सभापति लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीति विपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले पदबाट निलम्बन गरेको हो ।

यद्यपि पार्टीको निर्णयमा उनलाई ३५ दिनभित्र पुनरावलोकनका लागि समय दिइएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार १०:२७