९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

घट्याे सुन-चाँदीकाे भाउ, आज कतिमा हुँदैछ कारोबार?

२५ असार, काठमाडौँ । साताको तेस्रो बारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि  तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलवार ११:१८