१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

एमाले सचिवालय बैठक बस्दै, यी बिषयमा हुँदैछ छलफल

२५ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी मुख्यालमा बस्ने छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलवार १०:०८