२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

अफलाइन राइडिङमा दुर्घटना गरी फरार भएका ३ जना पक्राउ

२४ असार, काठमाडौं । अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गरी फरार भएका ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा  जुम्लाको चन्दननाथ-८ घर भई हाल  तारकेश्वर बस्‍ने २२ वर्षीय तेज रावल,जुम्लाको गुठीचौर-४ घर भई हाल  तारकेश्वर बस्‍ने  सुरेश अधिकारी र जुम्लाकोको गुठीचौर घर भई हाल मण्डिखाटार बस्‍ने २३ वर्षीय पदम धिताल रहेका छन् । एसपी अधिकारीका अनुसार असार १५ गते  रातिको साढे ९ बजेतिर गोंगबुबाट  हात्तिवनसम्‍म ३५ वर्षीय अनु गुरूङ र उनका साथीहरू ३ जना अफलाइन राइडरसँग चढेर जाने क्रममा कान्तिपथ नजिकै दुर्घटना भई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा सम्लग्न पक्राउ परेका तिनजनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार १७:१२