१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

आरम्भ चौतारी लघुवित्तले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री गर्ने

२३ असार, काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ ।

लघुवित्तले केहि संस्थापक शेयरधनीले आंशिक तथा पुरा शेयर बिक्री गर्न इच्छा राखि निवेदन दिएको थियाे । कम्पनीले ३५ दिने सूचना जारी गर्दै बिक्रीमा राखिएको सेयर संस्थापक लगानीकर्ताको निवेदन नपरेपछि सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।

कम्पनीले बिक्री गर्न लागेको सेयर सर्वसाधारण व्यक्ति तथा संस्थाले पनि खरिद गर्न पाउने छन् । सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ ।

आवेदन पेश गर्दा आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय बनेपा १० काभ्रेपलाञ्चोकमा पेश गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आईतवार १०:३८