१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

ग्लोबल आईएमईको थप ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा 

२३ मंसिर, काठमाडौं  । ग्लोबल आइएमई बैंकले गत साता थप ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले मिति २०७५ मसिंर १९ गते बुधबारदेखि डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका वडा नं. २, चमडामा १०५औं र सोही दिन अजयमेरु गाँउपालिकाकै वडा नं. ६, देवलमा १०६औं, मिति २०७५ मसिंर २० गते बिहीबार देखि बैतडी जिल्लाको दोगडाकेदार गाँउपालिका वडा नं. ४, बसालीमा १०७औं र सोही दिन दोगडाकेदार गाँउपालिकाकै वडा नं. २, काफलकोट बडीयामा १०८औं र मिति २०७५ मसिंर २२ गते शनिबार देखि डोटी जिल्लाको पुर्वीचौकी गाँउपालिका वडा नं. ५, चौखुट्टेमा १०९औं एव्म सोही मितिमै पुर्वीचौकी गाँउपालिका वडा नं. १, शान्तिनगरमा ११०औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

यससँगै ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ११० पुगेको छ । यी सबै शाखारहित बैंकिङ सेवाहरूको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा स्थानीयवासीहरूको रोहवरमा भएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL को महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले १३२ शाखा, १४१ एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११० शाखा रहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत् आफ्ना ९ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधियुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरूलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७५, आईतवार १७:३१