५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

सप्तरीको रुपनीमा खानेपानी आयोजना सम्पन्न, ५० घर परिवार लाभान्वित

२२ असार, काठमाडौँ । सप्तरीको रुपनी गाउँपालिकामा रुपनी खानेपानी योजना आयोजना सम्पन्न भएको छ । योजनाबाट रुपनी–१ स्थित कर्मचारी टोलका ५० घर परिवार लाभान्वित भएका छन् । रुपनी गाउँपालिकामा कार्यरत इञ्जिनीयर रमेश यादवले रु २२ लाखको लागतमा खानेपानी योजना सम्पन्न भएको जानकारी दिनुभयो ।

रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले रुपनी खानेपानी योजनाले खानेपानी समस्या समाधान गर्न सहयोग पुगेको बताउनुभयो । रुपनी खानेपानी योजनाका अध्यक्ष तीर्थबहादुर खड्काले योजनाबाट करिब दुई सय ५० जना लाभान्वित भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार १४:१०