२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

सिन्धुपाल्चोकमा इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्किँदा ३ बेपत्ता (भिडियाेसहित)


२१ जेठ, काठमाडाैँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्किँदा ३ जना मजदुर  बेपत्ता भएका छन् ।

शुक्रबार ढलान भत्किएर फसेका ७ जनाको उद्धार भएको प्रहरीले जनाएको छ । उद्धार गरिएकाहरु पनि घाइते भएका छन् । उनीहरुको बाह्रविसे स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बेपत्ताहरुको खोजी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । ४० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना निर्माणाधीन रहेको छ ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार १५:२२