२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

पर्यटन र जलविद्युत क्षेत्रमा नेपालले विश्वसँग प्रतिस्पर्धा गरिरहेको छ: अर्थमन्त्री पुन


२१ असार, काठमाडौं । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषि उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताएका छन् ।

चालु आवमा कृषि उत्पादनहरुमा भ्याट लगाइए पनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको पुनले बताए । यो नीतिले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा योगदान पुग्ने पनि उनले बताए ।

पर्यटन र जलविद्युत क्षेत्रमा नेपालले विश्वसँग प्रतिस्पर्धा गरिरहेको छ । अब आइटी क्षेत्रमा पनि नेपालले विश्वसँग प्रतिष्पर्धा गर्न सक्ने उनले बताए । नेपालमा सबै क्षेत्रमा सिथिल अवस्था भएता पनि पर्यटनमा २१ प्रतिशत र जलविद्युत क्षेत्रमा १९ प्रतिशतको वृद्धि रहेको छ । ‘राजनीतिक नेतृत्व फेरिराख्छ, हाम्रो मन्त्रीहरु फेरिन सक्छन्, तर हाम्रा नीतिहरु फेरिनु हुँदैन, उनले भने ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार १२:३५