२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

साताको अन्तिम दिन पनि बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार?


२१ असार, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ सय रूपैयाँ बढेर छापावाल सुन प्रतितोला एक लाख ४४ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि ५ रूपैयाँले बढेर प्रतितोला १८ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार ११:३७