२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

शुक्रबार कतिमा साटिन्छन् अमेरिकी डलर, क्यानेडियन डलर र दिराम?


२१ असार, काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैंकले विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३० पैसा र बिक्रीदर १३३ रूपैयाँ ९० पैसा कायम गरिएको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ८५ पैसा र बिक्रीमा ९८ रूपैयाँ २९ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९० रूपैयाँ ०९ पैसा तोकिएको छ।

युरोपियन एकको खरिदमा १४३ रूपैयाँ ९२ पैसा र बिक्रीमा १४४ रूपैयाँ ५७ पैसा र बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रूपैयाँ ०२ पैसा र बिक्रीदर १७० रूपैयाँ ७८ पैसा पाइन्छ ।

त्यसैगरी, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा । कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७२ पैसा पाइन्छ ।

त्यस्तै, शुक्रबार राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ३० पैसा र बिक्रीमा २८ रूपैयाँ ४३ पैसा तोकिएको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार ११:२७