२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

बालिका बलात्कारको अभियोग लागेका विदुरका भुषण बोगटी पूर्पक्षका लागि कारागार चलान


२१ असार, नुवाकोट । दश वर्षीया बालिका बलात्कारको अभियोग लागेका नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेका भुषण बोगटी पूर्वपक्षका लागि करागार चलान भएका छन । गत शुक्रबार सरकारकी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको दिन सुनुवाइ गर्दै जिल्ला अदालत नुवाकोटले बोगटीलाई पूर्वपक्षका लागि कारागार पठाएको हो ।

असार १४ गते भएको प्रारम्भिक सुनुवाइमै जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको इजलाशले बोगटीलाई थुनामै राखेर बाँकी कारबाही अघि बढाउने आदेश दिएको हो । पीडितको पक्षबाट जिल्ला सहन्याधीवक्ता विकास बञ्जरा र पीडकको पक्षबाट अधिवक्ताद्धय बसन्त बस्नेत र राजाराम थपलियाले बहस गरेका थिए । दुबै पक्षको बसह सुनुसकेपछि न्यायाधीश पुरीले बोगटीलाई पूर्वपक्षमा पठाउने आदेश दिएका थिए ।

अभिुक्तका लागि माग गरिएको सजाय ।

बोगटी घटना भएकै दिन अर्थात जेठ २४ गते पक्राउ परेका थिए । बालिकाको आफन्तले उजुरी गरेलत्तै जिल्ला प्रहरी कार्यालयले अभियुक्तलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो । प्रहरी अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि कार्यालयले असार १४ मा जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ता गराएको थियो ।

बोगटीले १० वर्षीया बालिकालाई जेठ २४ गते बिहान ६ः३० बजेको समयमा जबरजस्ती करणी गरेको आफन्तहरूले बताएका छन । पीडक बोगटीले भने ओढ्ने ओढेर ओछ्यनमा सुतिरहेकी बालिकालाई त्यही ओढ्नेभित्र बसेर तिघ्र कम्मर लगायतमा चिमोट्ने काम गरेको र सोही क्रममा आफ्नो मोबाइल खसेको भन्दै पछि फेरि बालिका भएको ठाउँमा पुगी मोबाइल ल्याएको भन्दै कसुर आंशिक स्वीकार गरेका छन ।

पीडित बालिकाले भने बोगटीले बलात्कार गरेर कसैलाई नभन्नु भन्दै ५० रूपैयाँ दिएर बोगटी भागेको बताएकी छिन । यद्यपी पीडकले डर देखाएर धम्की दिएका कारण त्यस बिहान बालिका विद्यालय गएको र विद्यालयबाट फर्किएपछि बालिकालाले बलात्कारको विवरण अभिभावकहरूलाई सुनाएकी थिइन ।

पीडित बालिकाले अभिभावकलाई भुषणले गरेको जवर्जस्तीको विवरण सुनाए लगत्तै प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि प्रहरीले बालिकालाई स्वास्थ्य परीक्षणका लागि तत्काल जिल्ला अस्पताल त्रिशुली लगेको थियो भने पीडक भनिएका भुषणलाई हत्कडी लगाएर प्रहरी हिरासतमा लगेको थियो । पीडितका आफन्तले अदालतले पीडितलाई न्याय दिने र क्षतिपूर्ति भराउने पूर्ण विश्वास गरेका छन । कतिपयले राजनीतिक पहुँचको प्रयोग गरेर अदालतलाई प्रभावित पार्नसक्ने विषयमा पनि चनाखो हुनुपर्ने बताएका छन ।

अभियुक्तले आंशिक रूपमा कसुर स्वीकार गरेको प्रहरीले तयार पारेको प्रतिवेदन ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार १४:१६