२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

कञ्चनपुरका ८ वटा सामुदायिक विद्यालयको एसइई नतिजा शून्य


२० असार, काठमाडौँ । केही दिनअघि सार्वजनिक एसइई नतिजामा कञ्चनपुरका आठ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका निमित्त प्रमुख राजेन्द्रप्रसाद भट्टले यहाँका विभिन्न पालिकाका आठ वटा विद्यालयको नतिजा शून्य भएको बताउनुभयो । उहाँका अनुसार भीमदत्त नगरपालिकाका दुई वटा, लालझाडी गाउँपालिकामा दुई, वेदकोट नगरपालिकामा एक, शुक्लाफाँटा नगरपालिकामा पनि एक विद्यालयको नतिजा शून्य आएको हो ।

त्यसैगरी बेलौरी र पुनर्वास नगरपालिकाअन्तर्गत पनि एक÷एक विद्यालयको नतिजा खराब आएको शिक्षा इकाइका निमित्त प्रमुख भट्टले जानकारी दिनुभयो । “ती विद्यालयबाट एसइईमा सहभागी विद्यार्थीले सम्पूर्ण विषयमा न्यूनतम ग्रेड ल्याउनुपर्ने हो त्यो सबै विषयमा सकेनन्”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार १७:४८