२२ असार २०८१, शनिबार | Sun Jul 7 2024

शून्य प्रतिशत ब्याजदरमै हुन्डाई कोना किन्न सकिने


२० असार, काठमाडौँ । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडी कोना शून्य प्रतिशत ब्याजदरमा किन्न सकिने योजना सार्वजनिक गरेको छ ।

आफ्नो पर्फरमन्स, उत्कृष्ट डिजाइन र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा एउटा छुट्टै  पहिचान बनाउन सफल भएको कम्पनीले जनाएको छ ।

हुन्डाईले कोना मा  ‘जिरो इमिसन, जिरो इन्ट्रेस्टु योजना सार्वजनिक गर्नुका साथै हुन्डाई गाडी कोनाको दिगोपन र पर्यावरण–मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबुत गर्न यस योजना अन्तर्गत इच्छुक ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षको लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना किन्र सक्नेछन् । कोना इलेक्ट्रिकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिन्छ।

हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ । यधपि, यसमा हाइ इनर्जी डेन्सिटी रहन गई रेन्ज समेत बढ्ने जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार १३:०४