२२ असार २०८१, शनिबार | Sun Jul 7 2024

एकैदिन प्रतितोला १६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?


२० असार, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन–चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य १६ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि तोलामा ४० रूपैयाँले बढेर प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार ११:३८