२२ असार २०८१, शनिबार | Sun Jul 7 2024

बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कतिमा हुँदैछ खरिद-बिक्री?


 २० असार, काठमाडौँ । बिहीबार अमेरिकी डलरको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर ४ पैसा बढेर एकको खरिददर १३३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९६ पैसा कायम गरिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ९६ पैसा र बिक्रीमा ८९ रूपैयाँ ३६ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ५० पैसा र बिक्रीमा ९७ रूपैयाँ ९४ पैसा पाइन्छ ।

त्यस्तै, आज युरोपियन एकको खरिदमा भने १४३ रूपैयाँ ४७ पैसा र बिक्रीमा १४४ रूपैयाँ ११ पैसा र बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ३३ पैसा र बिक्रीदर १७० रूपैयाँ १० पैसा तोकिएको छ ।

साथै बिहीबार युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३१ र बिक्रीमा ३६ रूपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७४ पैसा र मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ २५ पैसा र बिक्रीमा २८ रूपैयाँ ३८ पैसा पाइन्छ।

त्यसैगरी, बिहीबार राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७१ पैसा तोकिएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार ११:२९