२२ असार २०८१, शनिबार | Sun Jul 7 2024

राष्ट्रिय सभाको बैठक बस्दै


२० असार, काठमाडौँ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज दिउसो सवा १२ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ ।

सभा बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची छ।

संसद सचिवालयका अनुसार बिहीबार ११ वटा मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । खेलकुद, सहरी विकास, वन मन्त्रालय, महिला तथा उद्योग, कृषि, बालबालिका, भौतिक पूर्वाधार, संघीय मामिला, पर्यटन, स्वास्थ्य र परराष्ट्र मन्त्रीले मन्त्रालय छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन् ।

यद्यपि कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति भएसँगै बुधबार एमालेका आठ मन्त्रीहरूले राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार १०:५४