२१ असार २०८१, शुक्रबार | Sat Jul 6 2024

संविधान संसोधन गर्न पर्‍यो भने कांग्रेस र एमालेको गणितले मात्रै पुग्दैन, दुई तिहाई चाहिन्छ: महामन्त्री शर्मा


१९ असार, काठमाडौँ । बुधबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको प्रणालीलाई बलियो बनाउने गरीमात्रै संविधान संसोधन हुने बताएका छन् ।

त्यो प्रणालीलाई बलियो बनाउने गरी मात्रै संसोधन हुन्छ । त्यो भन्दा दायावायाँ हुँदैन । उनले सरकार चार महिनामै बदलिने विषय निश्चय नै सुखद नरहेको समय र परिस्थितिको माग भएको बताए । उनले भने, ‘नेपाली कांग्रेस सामेल भएर हुने कुनैपनि संसोधनको प्रक्रियाको सन्दर्भमा अन्य कुराको जेजे आशंका गर्नुस्, तर के कुरामा कांग्रेसप्रति कहिल्यै शंका नगरे हुन्छ भने संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता सहितको जे प्रणाली छ । त्यो प्रणालीलाई बलियो बनाउने गरी मात्रै संसोधन हुन्छ ।

संविधान संसोधन गर्न पर्‍यो भने कांग्रेस र एमालेको गणितले मात्रै पुग्दैन । दुई तिहाई चाहिन्छ, उनले भने । भ्रष्टाचारलाई नियन्त्रण गर्ने सम्बन्धमा सबैभन्दा पहिले बलियो कानुन बनाउने कांग्रेस रहेको पनि उनले बताए।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार १५:१४