२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

पोखरामा एटीएम फुटाएर रकम चोर्न खोज्ने पक्राउ

१९ असार, काठमाडौं । पोखरा महानगरपालिका-५ जिरो किलोस्थित रहेको एनएमबी बैंकको एटीएम फुटाएर रकम चोर्न खोज्ने २३ वर्षीय रुपेश नेपाली पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका-३ घर भएका नेपाली हुन् । उनले मंगलबार दिउँसोको साढे २ बजे जिरो किलोमा रहेको एनएमबी बैंकको एटीएम मेसिन फुटाएर रकम चोर्न खोजेका थिए ।

चोरी गर्न अगाबै प्रहरीले उनलाई पक्राउ गरि कास्की जिल्ला अदालतबाट नेपालीलाई ७  दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार १२:३६