२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

लगातार बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?


१९ असार, काठमाडौँ । साताको चौथौ दिन बुधबार पनि नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेर प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार ११:३२