२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

एमालेको सचिवालय बैठक सुरु


१८ असार, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठककमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने उहाँले बताउनुभयो । नेकपा ९एमाले० र नेपाली कांग्रेसबीच सोमबार राति मुलुकको राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलगायत कार्यसूचीमा सहकार्य गर्ने  सहमति भएसँगै सचिवालय बैठक भएको हो । बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेससँग भएको समझदारीबारे जानकारी गराउने प्रमुख गौतमले बताउनुभयो ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार १५:५३