२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

नेप्सेमा दोस्रो पटक सकारात्मक सर्किट, ४० मिनेटका लागि बजार बन्द


१८ असार, काठमाडौँ ।  नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से ५ प्रतिशतले बढेर दोस्रो सकरात्मक सर्किट ब्रेक लागेको छ। योसँगै ४० मिनेटका लागि सेयरको सम्पूर्ण कारोबार बन्द भएको छ । ४ प्रतिशतले मूल्य बढेर पहिलो सर्किट ब्रेक लागेर २० मिनेटमा खुलेको अर्को एक मिनेटमै बजार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । दोस्रो ब्रेक भएपछि ४० मिनेटका लागि बजार बन्द भएको छ । अहिलेसम्म नेप्से १०२.६८ अंकले बढेको छ । अब ६ प्रतिशतले बढेमा आजका लागि सेयरको सम्पूर्ण कारोबार बन्द हुनेछ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार १२:१२