२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउन नयाँ समिकरणः महासचिव पोखरेल


१८ असार, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउन नयाँ समिकरण बनेको बताएका छन । मंगलबार सामाजिक सञ्जाल मार्फत एक प्रतिक्रिया दिँदै महासचिव पोखरेलले राजनीतिक स्थायीत्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र सोही अनुसार कानून समेत निर्माणगर्ने नेकपा(एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी बनेको बताएका हुन ।

उनले भनेका छन, ‘राजनीतिक स्थाईत्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माणगर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउन नेकपा(एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरीने ।’

पोखरेल नयाँ समिकरणको ११ बुँदे सहमतिको खाका तयार पार्ने प्रमुख पात्र हुन । दुइ दलको सहमतिको विषयहरू सार्वजनिक भए पनि हस्ताक्षर गरेको पत्र भने सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार १२:२४