२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

आर्थिक स्थिति सुधारका लागि एमालेसँग गठबन्धनः नेपाली कांग्रेस


१८ असार, काठमाडाैँ । नेपाली कांग्रेसले आर्थिक स्थिति सुधारका लागि एमालेसँग गठबन्धनको निर्णय गरिएको जनाएको छ । मंगलबार बिहान पार्टी सभापति शेबरहादुर देउवाको निवास बुढानिलकण्ठमा भएको पार्टी पदाधिकारीको बैठकले तीन विषयका लागि एमालेसँग गठबन्धनको निर्णय गरेको निष्कर्ष निकालेको छ ।

बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र संविधानमा आवश्यक संशोधन गर्नका लागि एमालेसँग गठबन्धन गर्ने निर्णय गरिएको जानकारी दिए । उनले भने, ‘अहिलेसम्मको अनुभवका आधारमा संविधानमा आवश्यक संसोधनका लागि राष्ट्रिय सहमति निर्माण गर्ने हिसाबले दुई दलको बीचमा सँगै अगाडि बढ्ने र आवश्यकता अनुसार अरु दललाई पनि समावेश गर्ने भनेर राष्ट्रिय सहमतिकै सरकारको नाम दिइएको छ । नेतृत्व आलोपालो हुन्छ निर्वाचनसम्म । त्यसमा अरु दललाई संलग्न गर्न सकिन्छ । वृहत्तर राष्ट्रिय हितमा समझदारी बनेको छ । लिखित समझदारीमा नेतृत्व आलोपालो गर्ने मात्र छ । एकपटक ओलीजीले र अर्कोपटक शेरबहादुरजीले गर्नुहुन्छ । लोकतन्त्र र संविधान नै खतरामा परेको अवस्थामा प्रथम र दोस्रो दल एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकता बनेको हो । सत्तामा जसरी पनि जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर यो समझदारी गरिएको छ ।’

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार १२:०३