२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

नयाँ गठबन्धन देशको हितमा नरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको निष्कर्ष


१८ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठबन्धन देशको हितमा नरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको निष्कर्ष निकालेको छ । मंगलबार बिहान पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले अब यो सरकारबाट पार्टी बहिर्गमन हुने निर्णयमा पुगेको बताए । उनले कांग्रेस र एमालेको नयाँ गठबन्धनमा पार्टी सहभागी नहुने निर्णय भएको पनि बताए ।

परियारले दुईवटा ठूला शक्तिहरू सँगै सरकारमा रहनु लोकतान्त्रिक संस्कार विरूद्ध हुने बताए । उनले आफ्ना मन्त्रीहरूले गरिरहेको काम नै विकसित राजनीतिक घटनाको एउटा मुख्य कारण बनेको हुनसक्ने बताए ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार ११:४५