२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

प्रचण्डले सत्ता नछाड्ने, संसदको सामना गर्ने


१८ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  तत्काल सत्ता नछाड्ने भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले संविधान संशोधनको नाममा षडयन्त्र हुन लागेको त्यसको प्रतिवाद गर्ने र संसदमा विश्वासको मत माग्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बैठकपछि पत्रकारसँग प्रधानमन्त्रीले राजिनामा नदिने तर विश्वासको मत माग्ने निर्णय भएको जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाउनुभएको छ । हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौं । विभिन्न पक्षसँग कुरा गर्छौँ । रास्वपा, कांग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने सहमति भएको छ ।’

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार ११:३७