२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

सत्ता समिकरणको प्रभाव सेयर बजारमा, सकारात्मक सर्किट ब्रेक


१८ असार, काठमाडौं । सत्ता समिकरणको प्रभाव सेयर बजारमा परेको छ । सेयर बजार खुलेको केही समयमै बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । अर्थमन्त्रीमा फेरि एमालेका उपाध्यक्ष विष्णु पौडेल आउने चर्चा हुन थालेपछि सेयर बजारका कारोबारी बढीनै उत्साहित देखिएका छन । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । २१६ कम्पनीको मूल्य बढेको छ । अहिले २० मिनेटका लागि बजार बन्द भएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार ११:२६