२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

अमेरिकी डलर महँगियो, यस्तो छ रिंगिट र दिरामको भाउ


१८ असार, काठमाडौं । मंगलबार अमेरिकी डलर अघिल्लो दिनको तुलनाम ९ पैसा महँगिएको छ । नेपाल राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ८१ पैसा तोकेको छ ।

सर्वसाधारणले आफूसँग भएको विदेशी मुद्रा सटही गर्दा खरिददर मूल्य पाउँछन् भने विदेशी मुद्रा लिनुपर्दा बिक्रीदर मूल्य तिर्नुपर्छ ।

त्यस्तै डलरसँगै रिंगिट र दिरामको भाउ पनि सामान्य बढेको छ । बैंकले एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ४३ पैसा र खरिददर मूल्य ३६ रुपैयाँ २७ पैसा तोकेको छ ।

एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ३९ पैसा, खरिददर मूल्य २८ रुपैयाँ २६ पैसा छ । भने एक क्यानेडियन डलरको बिक्रीदर मूल्य मूल्य ९७ रुपैयाँ ७४ पैसा छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार १०:०५