२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

एमालेले बोलायो सचिवालय बैठक, सरकार गठनबारे छलफल हुने


१८ असार, काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । मंगलबार दिउँसो ३ बजे पार्टी मुख्यालयमा बस्ने गरी बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । अबको सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गर्ने भएपछि त्यसका लागि छलफल गर्न बैठक बोलाइएको छ ।

 

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार ०९:१९