२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

देशका यी स्थानहरूम भारी वर्षा हुने


१८ असार, काठमाडौँ । मंगलबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने महाशाखाले जानकारी दिएको छ । देशैभरका स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाका अनुसार बिहानदेखि देशभरका मौसम साधारणतयादेखि पूर्णतया बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको बताए ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार ०९:३६