२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

कांग्रेस पदाधिकारी बैठक बस्दै, नयाँ सरकारबारे छलफल हुने


१८ असार, काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्न लागेको सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए । उनले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीति र सरकारमा सहभागिताका विषयमा कुराकानी हुने जानकारी दिए ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार ०८:४८