१९ असार २०८१, बुधबार | Thu Jul 4 2024

जीप दुर्घटनामा ८ जनाको मृत्यु


१७ असार, रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा एक बच्चासहित आठजना ज्यान गएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

माडी गाउँपालिका २, घर्तीगाउँबाट माडी ४, तलाबाङ जाँदै गरेको लु।१ ज। ३२५२ नम्बरको जिप परेवा छहरामा सोमबार दिउँसो दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

माडि गाउपालीका वडा नं ४ का वडा अध्यक्ष रेग बहादुर मल्लका अनुसार दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यृु भएको र २ जनाको अस्पताल लैजादै गर्दा मृत्यु भएको आफुले सुचना पाएको बताए। ५ जनाको घटनास्थलमै मृत्यु भएको हो, घाईते ६ जनालाई अस्पताल पठाएकोमा ५ जनाको अत्यन्त गँिम्भर अवस्था थियो। २ जनाको बाटोमै मृत्यु भएको भन्ने खवर आएको छ उनले भने। मल्लले थप एकजनाको शव भिरमा हराएको भन्ने छ त्यसैले खोज्दै छौं उनले थपे।

मल्लले उकालो बाटोमा माथीबाट पहिरो आएका कारण जोगाउन खोज्दा फोर्स जिप भिरमा खसेको चालकले बताएको मल्लले समयचक्रलाई बताए।

मल्लका अनुसार जिप चालक परिवर्तन गाउपालिकाका दिपक थापा गम्भिर घाईते छन्। दुर्घटनाका मृत्यु भएकाहरुको पहिचान खुलेको छैन। जिल्ला प्रहरी कार्यालय रोल्पाले दुर्घटनाको पुष्टि गरेपनि मृत्यु भएकाहरुको बारेमा केही बताएको छैन्।

घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र घर्तीगाउँमा पठाएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख (डीएसपी) भरत लामाले जानकारी दिए।

दुर्घटनामा घाइतेहरूको अवस्था चिन्ताजनक छ। जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ। प्रहरीका अनुसार घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार २२:५३