१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

तारा एयरको जाहाज दुर्घटना भएको भन्दै भ्रमपूर्ण सूचना भाइरल


१७ असार, काठमाडौँ । सामाजिक सञ्जालमा तारा एयरको जाहाज दुर्घटनामा परेको भनेर फैलाइएको सूचना गलत र भ्रमपूर्ण रहेको बताइएको छ । कास्कीबाट पत्रकार सुमन ढुंगानाले पोखराबाट जोमसोमका लागि ताराको फ्लाइट नै नभएको र मध्यान्हको समयमा जाहाज नउड्ने बताएका छन ।

अनेरास्ववियुका धेरैजसो नेताहरूले बिमान हराएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि प्रवक्ता प्रकाश पौडेलले गलत सूचना फैलाइएको भन्दै फेसबुक मार्फत प्रष्ट परेका छन । उनले भनेका छन, ‘पोखरा बाट जोमसोमको लागि जहाज दिनमा उडदैन र अहिले ताराको जहाजको जोमसोममा उडान छैन । सामाजिक संजालमा फैलिएको हल्ला हो ।’

तारा एयर, पोखरा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं कार्यालय तीनै ठाउँबाट ताराको जहाज आज सम्पर्कविहीन भएको पुष्टि भएको छैन । ती कार्यालयका अनुसार ताराका दुईवटा जहाजमध्ये एउटा काठमाडौं र अर्को नेपालगन्जमा छन् । आज पोखरा-जोमसोम उडान नै छैन ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार १४:१६