१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

लाइसेन्स नहुँदा राजश्व तिरेको भौचरबाट काम चलाउनुपर्ने बाध्यता छ: सांसद पौडेल


१७ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलका अनुसार ट्रायल पास भएको वर्ष दिनसम्म पनि लाइसेन्स नआउने बताएका छन् । लाइसेन्स आउनेहरूको पनि फोटो प्रष्ट नहुँदा चेकिङमा समस्या परेको सुनिन्छ ।’

पौडेलले ट्रायल पास गरेकाहरूलाई छिटो स्मार्ट लाइसेन्स वितरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘स्मार्ट लाइसेन्स दिने भनेर काम गरेको एक दशक भइसक्यो, छिटो काम हुन्छ भने पनि उल्टो भयो ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, स्मार्ट लाइसेन्सको ठाउँमा राजस्व भौचरले काम चलाउनुपर्ने बाध्यता रहेको बताए । यातायात व्यवस्था विभागसँग लाइसेन्स छाप्न एउटा मात्रै प्रिन्टर भएको र अधिकतमा क्षमतामा छपाइ गर्दा मासिक सवा लाखसम्म लाइसेन्स छपाइ हुने पनि उनले बताए ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार १३:४२