१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

दोस्रो दिन पनि बढ्यो सुनको मुल्य, चाँदी स्थिर


१७ असार, काठमाडौँ । साताको दोस्रो कारोबारको  दिन पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

 त्यसैगरी, सोमबार भने चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी सोमबार पनि एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार ११:३९