१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

लुहामको स्कुलमा कक्षा ६ मा अध्ययनरत एक विधार्थी शिक्षकको कुटाइबाट घाइते


१७ असार, काठमाडौँ । आइतबार त्रिवेणी गाउँपालिका–६ लुहाममा रहेको बल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी अरुण विकलाई शिक्षकले घाइते हुनेगरी कुटेका छन् । कक्षा भइरहेको बेला खेलेको भन्दै शिक्षक चन्द्रबहादुर डाँगीले विकलाई फलामको स्केलले हानेका हुन् ।

स्केल प्रहारबाट उनको टाउकोमा चोट लागेको छ । घाइते  विकलाई तत्काल सामान्य मेडिकलमा लग्दा आवश्यक सामाग्री उपलब्द नभएकोले जिल्ला अस्पताल लगिएको त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष मनोज शाहले जानकारी दिए ।

विद्यालयले भने अभिभावक, विद्यालय र स्थानीयबीच छलफल गरिने बताएको छ ।  विद्यालयका प्रिन्सिपल नेवबहादुर खड्काले सोमबार विधालयमा छलफलको लागि बोलाइएको बताएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार ११:२६