१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

प्रचण्डको निमन्त्रणामा बालकोटका ‘बा’ बालुवाटारको बार्दलीमा


१७ असार, काठमाडौँ ।  बालकोटका ‘बा’ का नाममा परिचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सोमबार बिहान ९ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारको बादर्लीमा प्रचण्डले स्वागत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बालकोटको बार्दलीबाट हात हल्लाएर राजनीतिको विभिन्न सन्देश दिने गरेका ओली र प्रचण्ड आज सोमबार बालुवाटारको बार्दलीमा छलफलमा बसेका छन । दुबै नेताको बीचमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच हिजो पनि भेटवार्ता भएको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजोको भेटवार्तामा उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी भएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालोकटमै पुगेर प्रधानमन्त्री बनिदिनुपर्यो भनेर ओलीसँग बिन्ती बिसाएपछि ओली फेरि राजनीतिको केन्द्रमा देखिएका छन ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार ०९:३८