१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

रसुवागढी नाकामा तीन भाषामा ‘साइनबोर्ड’


१७ असार, रसुवा । आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ । कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको जानकारी दिनुभयो । उहाँले ‘साइनबोर्ड’ले पर्यटकको आवागनमा थप सहज हुने बताउनुभयो ।

कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म एक हजार ७२ जनाले मानसरोवर , २२ जनाले ल्हासा ४० जनाले ल्हासा र कैलाश दुवै स्थानका लागि एवं पाँच जनाले गन्जाउलगायत अन्य स्थान जानका लागि अनुमति लिएका थिए । अध्यागमनले पर्यटकको रूपमा आवतजावत गर्नेको राहदानी अभिलेख राख्ने र रसुवावासीका लागि केरुङसम्म जान आउन नेपाल–चीन सीमा क्षेत्रका बासिन्दालाई प्रदान गरिने स्थायी परिचयपत्रसमेत प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार ०८:०८