१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

नेपालमै पहिलोपटक २२ र २५ सिट क्षमताका विद्युतीय लक्जरी बस आउँदै


१६ असार, काठमाडौँ । नेपालमै पहिलोपटक २२ र २५ सिट क्षमताका विद्युतीय लक्जरी बस भित्रिने भएको छ । ससिला मोटर्स प्रालिले नेपालमै पहिलो पटक विद्युतीय लक्जरी बस भित्र्याउने भएको हो । ससिला मोटर्स प्रालि जसले हाइगर ब्राण्डका बसहरू बिक्री बितरण गर्दै आइरहेको छ । सो कम्पनीले भ्यान्सीसँग विशेष सम्झौता गर्दै नेपालमा बस भित्र्याउने निर्णय गरेको हो ।

बसको बुकिङ नारायणी अटो बिजिनेस बालकुमारी ललितपुरले सुरू गरेको छ । बसको बिक्री बसहरू दसैँ अघि नै बजारमा आउने भन्दै आजैबाट बुकिङ खुला गरिएको जानकारी दिइएको छ ।

नारायणी अटो बिजिनेसका सञ्चालक अनुपकुमार बरालले सामाजिक सञ्जाल मार्फत खुशी बाँड्दै भनेका छन, ‘हामी नेपालमै पहिलोपटक २२ र २५ सिट क्षमताका विद्युतीय लक्जरी बस ल्याउँदैछौं । बसहरु दशैं अगाडि नेपाल आइपुग्ने र आजैदेखि बुकिङ्ग खुला भएको जानकारी गराउन पाउँदा हामी खुसी छौं ।’

dainiki.com

बरालका अनुसार बसमा हाल नेपालमा उपलब्ध गाडी मध्ये सबै भन्दा वढी क्षमताको ब्याट्री उपलब्ध हुनेछ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने छ ।

१ सय २३ किलोवाटको लिथियम आइरन फास्फेट ब्याट्री जडान हुने यो बसमा पूर्ण रुपमा एयर कन्डिसन र सबैखाले सेफ्टी फिचर उपलब्ध हुनेछ र लम्बाइ २५ फिट हुने बरालले जानकारी दिए । बस बुक गर्नका लागि नारायणी अटो बिजिनेस बालकुमारी ललितपुरको हटलाइन नम्बर 9801256777 मा सम्पर्क गर्न सकिनेछ ।  चिनियाँ कम्पनी भ्यान्सीको बसहरू नेपाल भित्र्याउन लागेको हो ।

प्रकाशित मिति : १६ असार २०८१, आईतवार २०:२४