१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

नेपाल आइडलका विजेता करण परियारलाई एमालेको सारंगी उपहार


१६ असार, काठमाडाैँ । नेकपा एमालेले जनसांस्कृतिक महासंघसँगको समन्वयमा नेपाल आइडल सिजन – ५ को विजेता करण परियार र उपविजेताहरूलाई पार्टी मुख्यालयमै बोलाएर बधाई दिएको छ । अाइतबार दिउँसो पार्टी मुख्यालय च्यासलमा एक सम्मान समारोह गर्दै उनीहरूलाई बधाई दिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा अोली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र जनसांस्कृति महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीको उपस्थितिमा नेपाल आइडल सिजन – ५ को विजेता करण परियार र उपविजेताहरूलाई बधाई र शुभकामना दिएको हो । एमालेले करणका लागि सारंगी उपहार दिएको छ । उक्त सारंगी एमाले अध्यक्ष केपी शर्मा अोलीले हस्तान्तरण गरे । तस्बिरः ओलीको सचिवालय

प्रकाशित मिति : १६ असार २०८१, आईतवार १८:५९