१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

जुम्लाको हिमा गाउँपालिकामा अनेरास्ववियुको निःशुल्क स्वास्थ्य शिविर


१६ असार, काठमाडाैँ । नेकपा एमालेको भ्रातृ संस्था अनेरास्ववियुले जुम्लाको हिमा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । अनेरास्ववियुका सचिव डा सुजन कडरियाको उपस्थितिमा भएको स्वास्थ्य शिविरको संयोजन स्थायी कमिटी सदस्य स्वास्थ्य विभागका प्रमुख कमल जोशीले गर्नुभएको थियो ।

अनेरास्ववियुका सचिव डा कडरियाले शिविरबाट विद्यार्थीमा भएका स्वास्थ्य समस्याको पहिचान भएको र त्यसको निवारणका लागि काम गरिरहेको जानकारी दिनुभयो । यो शिविर विद्यार्थीका निम्ति एक महत्वपूर्ण अवसर भएको बताउनुभयो ।

 

स्वास्थ्य शिविरबाट ६०० भन्दा बढी विद्यार्थीले स्वास्थ्य परीक्षणको अवसर प्राप्त गरेको अनेरास्ववियुका स्वास्थ्य विभाग प्रमुख कमल जोशीले बताउनुभयो । उहाँले देशैभरका दुर्गम क्षेत्रका विद्यालयमा अनेरास्ववियुले स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी समेत दिनुभयो ।

स्वास्थ्य शिविरमा डा पुस्पराज भाम, बिराज भण्डारी, रतन योगी लगायत सहभागी रहनुभएको थियो । 

प्रकाशित मिति : १६ असार २०८१, आईतवार १६:३४