१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

नेपालको पर्यटन प्रवर्द्धनका लागि थाइल्याण्डमा अभियान चल्दै


१५ असार, काठमाडाैँ । थाइल्याण्डमा नेपालको पर्यटन प्रवर्द्धन अभियानलाई निरन्तरता दिँदै शनिबार नेपाली दूतावासले थाइल्याण्डको पर्यटकीय सहर फुकेटको होटल रामादा प्लाजामा ‘एक्सपेरियन्स नेपालः लुम्बिनीदेखि हिमालयन ब्लिस’ पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ ।

नेपाल दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ​​नेपाल वायुसेवा निगम (एनए), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए)को संयुक्त आयोजनामा ​​कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा), नेपाल र थाइल्याण्डबाट १८ वटा ट्राभल/टूर कम्पनी, थाइल्याण्डका ३५ ट्राभल/टूर कम्पनी, व्यापारी उद्यमी, सञ्चारकर्मी, गैरआवासीय नेपाली संघ, थाइल्याण्ड र थाइल्याण्डका प्रतिनिधिहरु गरी जम्मा ५३ वटा टुर एण्ड ट्राभल कम्पनीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा थाई अधिकारीहरूबाट फुकेट प्रान्तका डेपुटी-गभर्नर सुविथ सुरियावोङ र फुकेट ट्राभल एजेन्ट्स एसोसिएसन (PTAA) का अध्यक्ष सिरीकोर्न बुन्यासिरी पनि उपस्थित थिए। कार्यक्रममा थाइल्याण्डका लागि नेपालका राजदूत  धनबहादुर ओलीले नेपाल र थाइल्याण्डबीचको पर्यटन क्षेत्रका व्यवसायिक अवसरका बारेमा प्रकाश पारेका थिए ।

नेपालले थाई आगन्तुकहरूलाई भगवान बुद्धको जन्मस्थल लुम्बिनी, राजर्षि महाराजा जनकको राजधानी जनकपुरदेखि हिमालय सम्मको यत्राको अवसर प्रदान गर्दै अाएको छ । उनले संस्कृति र प्रकृति प्रेमी, तीर्थयात्रा, साहसिक, मनोरञ्जन, खेलकुद, जङ्गल सफारी लगायतका सबै किसिमका पर्यटकका लागि नेपाल सबै मौसमी गन्तव्य भएको प्रष्ट पारे ।

प्रकाशित मिति : १६ असार २०८१, आईतवार १६:०४